Section 76
मालवस्तुको धनी वा एजेन्टमा जिम्मेवारी रहने
(१) भन्सार कार्यालयबाट ०दफा २०, २८ वा २९ बमोजिम जाँच गरी दफा २३ बमोजिम जाँचपास गरिएको मालवस्तु पछि अधिकारप्राप्त अधिकारीले भन्सार क्षेत्रभित्र वा बाहिर खोली जाँच गर्दा पैठारीकर्ताले पेश गरेको बील, बीजक अन्य कागजात वा विवरणसँग भारी वा पोकाभित्रको मालवस्तु वा अदत फरक देखिएमा सोको जिम्मेवारी मालवस्तुको धनी वा निजको एजेन्टमा रहनेछ ।

(२) कुनै मालवस्तु कानून बमोजिम पैठारी गरी ल्याएको हो वा सो मालवस्तुमा कानून बमोजिम लाग्ने महसुल तिरेको छ भन्ने कुराको भन्सार अधिकृतलाई चित्त बुझ्ने गरी प्रमाण दाखिल गर्ने उत्तरदायित्व सो मालवस्तु साथमा राख्ने व्यक्तिको हुनेछ ।